१४ गतेदेखि लुम्बिनी प्रदेशमा कोरोनाविरूद्धको खोप लगाइँदै

सहयात्रा टिभी

काठमाडौं । माघ १२, भारतले अनुदानमा दिएको कोरोना भाइरस विरूद्धको खोप लुम्बिनी प्रदेशमा आज आइपुग्ने भएको छ। लुम्बिनी प्रदेश कोरोना संक्रमणको धेरै प्रभावित प्रदेश रहेको छ त्यसैले आज आइपुग्ने खोप १४ गतेदेखि १८ गतेसम्म सबैलाई लगाइने छ। तर खोप लगाउन नचाहनेहरूलाई दबाव भने नदिइने पौडेलले बताए।

लुम्बिनी प्रदेशमा हालसम्म २६ हजार ९ सय ६६ जनामा संक्रमण पुष्टि भए पनि २६ हजार ५९ जना निको भइसकेका छन् र ३ सय ८२ जना संक्रमितको मृत्यु भएको र ५ सय २२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरीएको छ।

उक्त खोप पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणको लागि अग्रभागमा रहेर काम गर्नेहरूका लागि लगाइने तयारी गरिएको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयले बताउनु भएको छ। मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, शववाहनकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सुरक्षाकर्मीलाई लगाइने जानकारी दिए।

 

प्रकाशित : 25 January, 2021

प्रतिक्रिया दिनुहोस्