नेपाल टेलिकमको अफर माघ महिनाभरी एफटिटिएच सेवा ‘जाडोमा न्यानो’

सहयात्रा टिभी

काठमाडौं । माघ १२, नेपाल टेलिकमले अप्टिकल फाइबरमा आधारित इन्टरनेट सेवा यसअघि पुस महिनासम्म मात्र रहेको तर जाडोमा न्यानो अफर माघ महिनाभर उपलब्ध गराउने जानकारी दिएको छ । हालै कम्पनीले आफ्नो सामाजिक संजालबाट सो अफरको अवधि थप गरिएको जानकारी दिएको बताईएको छ ।

योजनाअन्तरगतमा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा उपलब्ध गराइरहेको छ । कम्पनीले ट्विटरमा भनेको छ, ‘FTTH जाडोमा न्यानो अफरको अवधि २०७७ पुष महिनासम्म मात्र रहेकोमा सोको समयावधि माघ मसान्तसम्म थप गरिएको सबैमा जानकारी गराउँदछौँ।’

 

प्रकाशित : 25 January, 2021

प्रतिक्रिया दिनुहोस्