तीन दिनको मौसम पूर्वानुमान

सहयात्रा टिभी

काठमाडौं । माघ १३, देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहि साथै तराईका भू–भागमा बाक्लो हुस्सु÷कुहिरो लागेको छ। बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको बताईएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागहरुमा बिहानीपख हुस्सु्÷कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

मंगलबार
देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भु–भागका १ वा २ स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ भने बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

बुधबार
प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न.१ को उच्च पहाडी तथा हिमाली भू–भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेने जानकारी आएको छ ।

बिहिबार
देशको पहाडी भू(भागमा आंशिक बदली रहि बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू–भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको बताईएको छ।

प्रकाशित : 26 January, 2021

प्रतिक्रिया दिनुहोस्