१२औं वर्षमा प्रवेश–esewa

सहयात्रा टिभी

काठमाडौं । माघ १३, सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको र मोबाइलबाट नै सबै किसिमका वित्तीय कारोबार गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्र्दै अगाडी बढेको ‘इसेवा’ १२औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा इसेवा देशका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने अभियानमा ठूलो योगदान दिन सफल रहेको छ ।

१२औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, “ कुराकानीका लागि मात्र सीमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्ने महत्पपूर्ण माध्यम बनाउन सफल भएका छौँ ।”

हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढी एजेन्ट रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेको कम्पनीको भनाई रहेको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : 26 January, 2021

प्रतिक्रिया दिनुहोस्