सिटिजन्स बैंकले दियो ग्राहकलाई वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा छुटको व्यवस्था
सहयात्रा टिभी
काठमाडौं । माघ १३, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर रहेका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम। र १०७ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिव सात लाख ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आएको छ ।
सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिन सिटिजन्स बैंक इन्टरनेसनल र वन डे थ्रिडी आर्ट रेष्टुरेन्ट, कुमारीपाटी बीच सहमति पत्रममा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट, क्रडिट र प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक तथा कर्मचारीहरुले वन डे थ्रिडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले बताएको छ ।