ज्योति विकास बैंकको १०% बोनस सेयर पारित

सहयात्रा टिभी

काठमाडौं । माघ १५, बुधवार ज्योति विकास बैंकको सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा भएको साधारणसभाले १० प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको हो । कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले बैंकले भर्चुअल प्रविधिमार्फत सेयरधनीहरुलाई साधराणसभामा सहभागी गराएको बताईएको छ । साधारणसभाले बैंकको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले १० प्रतिशत बोनश सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको जानकारी आएको छ ।

 

प्रकाशित : 28 January, 2021

प्रतिक्रिया दिनुहोस्