बेइजिङ सहरमा घर बाहिर ननिस्किन आग्रह
काठमाडौं । माघ १५, चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरेको बताईएको छ ।
कोरोना भाइरसको संक्रमण चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा निस्किएको थियो । यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ ।चीनले भने छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर पछिल्ला दिनहरुमा भने यहाँ फेरि यसका संक्रमितहरु देखिन थालेका चीन सरकारले बताएको छ ।
हाल चीन सरकारले ‘स्प्रिङ फेस्टिभल’ पर्वका लागि विदा दिएको छ । यस समयमा सरकारी कार्यालयहरु पनि विदा हुने भएकोले ठूलो संख्याका मानिसहरु यो पर्व मनाउन जम्मा हुने गरेको पार्ईएको छ । यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर विदा मनाउने गरेका छन् ।
चीन सरकारका अनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरुका अनुसार बुधबार मात्र चीनमा कोरोना भाइरस ५४ जनामा नयाँ संक्रमण देखिएको हो । तीमध्ये थप ४१ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु संक्रमितहरु भने बाहिरबाट आएका नागरिकमा पाइएको थियो । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ नयाँ संक्रमित भेटिएका छन् ।