भूकम्प पछिको पुनःनिर्माण सकेर जापानले हस्तान्तरण गर्‍यो विपी राजमार्ग

सहयात्रा टिभी

काठमाडौं । माघ १५, जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । करिब १८ महिनामा निर्माण सम्पन्न भएको हो । बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रममार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको बताईएको छ ।

जापनीज राजदूतमा सामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ सँधै निरन्तर रहने बताएको छन् । राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो विपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै वि.स. २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो । भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो । मन्त्री नेम्वाङ्गले नेपालको विकासमा जापानको सहयोगको प्रशंसा गरे । उनले भने– ‘नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट जापानको यो साथ र सहयोगको हृदयदेखि नै प्रशंसा गर्न चाहान्छु ।’

प्रकाशित : 28 January, 2021

प्रतिक्रिया दिनुहोस्