कुवेतबाट रोजगारी गुमाइ बिचल्लीमा परेका चार नेपालीको उद्धार

सहयात्रा टिभी

काठमाडौं । माघ १६, गैरआवसीय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतमा रोजगारी गुमाइ बिचल्लीमा परेका तनहुँका राजु सावत, तेह्रथुमका भिमार सिङ लिम्बु, मकवनपुरका यादब ढुंगाना र सिरहाका अजय कुमार मन्डल गरी चार नेपालीको उद्धार गरिएको हो ।

उनीहरुलाई कुवेतबाट नेपाल सम्मको हवाइ टिकट, कुवेतमा गरिएको कोरोनाको पिसिआर परीक्षण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएकै स्वयंसेवकले रिसिभ गरी घरसम्म पुग्ने गरिको बसको टिकटको ब्यबस्था गरिएको गैरआवसीय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले बताएका छन् ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भए एनआरएनए कुवेतमा सम्पर्क गर्न पनि अध्यक्ष केसीले अनुरोध रहेको छ साथै नेपाल जनाको लागि हवाई टिकट, पीसीआर परीक्षण, अवैध भएर समस्या परेका लगायतलाई सहयोग गरेर काठमाण्डौ बिमान स्थलदेखि घरसम्म पुग्ने खर्चसमेत व्यवस्था गरिने उनले बताए ।

 

प्रकाशित : 29 January, 2021

प्रतिक्रिया दिनुहोस्