राष्ट्रिय वाणिज्य बैंकको आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरणहरु: खुद नाफा एक अर्ब ७४ करोड

सहयात्रा टिभी

काठमाडौं । माघ १६, नेपाल सरकारको अधिकांश स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड रुपैंया रहेको थियो भने यस अवधिमा १ अर्ब ७४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

पुस मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ४१ अर्ब रुपैयाँ र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी १ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि मितिको तुलनामा बैंकको निक्षेपमा २३।९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित बृद्धि भएको बताईएको छ । यस अवधिमा बैंकको कुल समग्र आम्दानी २ अर्ब ४४ करोड रुपैयाँ, वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड रुपैयाँ, खुद ब्याज आम्दानी ३ अर्ब ९१ करोड रुपैयाँ, कुल संचालन आम्दानी ४ अर्ब ६५ करोड रुपैयाँ तथा खुद संचालन आम्दानी ४ अर्ब ५० करोड रुपैयाँ, शेयरधनी कोष २५ अर्ब ४७ करोड रुपैयाँ, लगानी ७४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा पुँजीकोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५.६१ प्रतिशत, स्प्रेड दर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिकृत प्रतिशेयर आम्दानी ३८.८४ रहेको छ । बंैकले नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सुचकाङ्कहरु परिपालना भएको तथा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

प्रकाशित : 29 January, 2021

प्रतिक्रिया दिनुहोस्