लगानीकर्ता सघै सजक हुनुपर्छ: धितोपत्र बोर्ड

सहयात्रा टिभी

काठमाडौं । माघ १६, धितोपत्र बोर्डले अहिलेको बृद्धिलाई स्वभाविक भन्दै लगानीकर्ता भने जहिले पनि सजक बन्नु पर्ने बताएको छ । अर्थतन्त्रका अन्य क्षेत्रहरुमा संकुचन देखिएको बेला पूँजीबजारले भने दैनिकजसो नयाँ उचाइ कायम गरिरहेको छ ।

कोभिड पछिको बजारमा लगानीकर्ताको संख्या बढ्दा नेप्सेको अनलाइन प्रणालीमा भने बारम्बार समस्या आउने थालेसँगै सुधारमा नेप्से लागिरहेको बताइए पनि खासै सुधार हुन सकेको छैन । नेप्से कारोवारमा गत आइतबारदेखि लागु भएको टि प्सल टु प्रणाली कार्यान्वयन हुन नसकेको लगानीकर्ताको गुनासोप्रति बोर्डले ध्यानाकर्षण भएको बताईएको छ ।

प्राथमिक र दोश्रो दुवै बजारलाई प्रविधिमैत्री बनाइ एपबाटै संचालनको तयारी गरिएको भन्दै बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बैकलाई ब्रोकर लाइसेन्स जरुरी नरहेको उल्लेख गर्नुभएको छ । शेयर ब्रोकरले मार्जिन, पैसा नलिई कारोवार गर्ने छुट अब नरहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रकाशित : 29 January, 2021

प्रतिक्रिया दिनुहोस्