युएईले विदेशी नागरिकलाई नागरिकता दिने
सहयात्रा टिभी
काठमाडौं । माघ १८, संयुक्त अरब एमिरेट्स (युएई) ले क्षमतावान विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ । आफ्नो योगदानले उक्त खाडी देशलाई अझ राम्रो बनाउन सक्ने क्षमतावान विदेशीलाई नागरिकता दिने जनाएको हो ।
युएईका उपराष्ट्रपति र दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतूमका अनुसार युएईको नागरिकता लिनका लागि योग्य व्यक्तिहरुमा लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार र विशेष दक्षता भएका हुनु पर्नेछ ।
कोरोना महामारी र तेलको मूल्यमा आएको कमीका कारण हजारौँ विदेशीले युएई छाडेपछि युएई सरकारले यस्तो योजना ल्याएको हो ।
अबू धाबीबाट शुरु हुने अखबार ‘द नेश्नल’ का अनुसार यो नयाँ प्रणालीले विशेषज्ञ र विदेशी क्षेत्रका लगानीकर्ताहरूलाई युएईमा स्थापित गर्ने अवसर प्रदान गर्नेछ।