फेरि नेपालमा देखियो बर्डफ्लु
काठमाडौं । माघ १८, काठमाडौँ उपत्यकाका किसानले पालेको हाँस र टर्कीमा फेरि बर्डफ्लुको संक्रमण भेटिएको छ । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ७ स्थित फुटुङमा नमुना परीक्षण गर्दा फर्डफ्लु पुष्टि भएको बताईएको छ । बर्डफ्लु पुष्टि भएसँगै २ हजार ५ सय ४४ पन्छी नष्ट गरिएको छ ।
संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ भने बर्डफ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको हो । रोग देखिएको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङकाका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको विज्ञप्ति :
भारतमा इन्फ्लुएन्जा ‘ए’अन्तर्गतको एचफाइबएनएइट स्ट्रेन बर्ड फ्लू पत्ता लागेसँगै नेपालमा पनि बर्डफ्लू देखापरेको हो भने चिकित्सकहरूका अनुसार नेपालमा यही स्ट्रेनको भाइरस पहिलो सन् २०१७ मार्च महिनामा देखिएको थियो । विश्व स्वास्थ संगठनका अनुसार मानिसलाई संक्रमण गरे बर्ड फ्लुबाट हुने मृत्युदर ६० प्रतिशतसम्म रहेको छ । चिकित्सकहरूले बर्डफ्लूबाट विगतमा मानिसको मृत्युसमेत भएकाले भरसक मासु तथा मासुजन्य खाने कुरा नखान यदि खाए पनि राम्ररी पकाएर खान सुझाव दिएका छन् ।