पेट्रोलियम पदार्थका विक्रेताहरुको कमिसन बढ्यो

सहयात्रा टिभी

काठमाडौं । माघ १८, नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । निकै लामो समयदेखि पेट्रोलियम पदार्थका विक्रेताहरुको कमिसन बढाउन पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने कमिसन बढाउन सहमत भएको थिएन । त्यसैले, निगमले पेट्रोलियम पदार्थको कमिसन नबढाए विक्रेताहरुले आइतबारदेखि आन्दोलन गर्ने चेतावनी दिएपछि निगमले पट्रोलियम पदार्थ विक्रेताको कमिसन बढाएको बताईएको छ । यसअघि नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसियसनले गत १२ माघमा कमिसन नबढाए आइतबारदेखि आन्दोलनमा जाने भन्दै निगमलाई पत्र बुझाएको छ ।

 

प्रकाशित : 31 January, 2021

प्रतिक्रिया दिनुहोस्