महालक्ष्मी विकास बैंकद्वारा विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटू हिमाल आरोहीलाई सम्मान
सहयात्रा टिभी
काठमाडौं । माघ १८, महालक्ष्मी विकास बैंकले पाकिस्तानमा अबस्थीत विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटू हिमालको सफल आरोहण गर्ने नेपाली टोलीलाई सम्मान गरेको छ । अत्यन्त कठिन मानिएको सो हिमालको १० सदस्यीय नेपाली टोलीले यही माघ ३ गते सफलतापूर्वक आरोहण गरी स्वदेश फर्किइसकेको छ । बैंकले हिमाल आरोही टोलीलाई कदरस्वरुप सम्मान तथा अभिनन्दन गरेको बताएको छ ।