म्यानमार सत्ता हातमा लिएको सेनाको पुष्टि, एक वर्ष संकटकाल घोषणा

सहयात्रा टिभी

काठमाडौं । म्यानमारको सेनाले देशमाथि आफूले नियन्त्रण कायम गरेको पुष्टि गरेको छ ।

सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू ची र अन्य राजनीतिक नेताहरुलाई गिरफ्तार गरेको केही घण्टापछि सेनाले सत्ता हातमा लिएको पुष्टि गरेको हो ।

सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो।

म्यानमारको सैन्य टेलिभिजले एक वर्षको लागि संकटकाल घोषणा गरेको समेत स्पष्ट पारेको छ ।

बर्माको नामले समेत परिचित म्यानमारमा सन् २०११ मा लोकतान्त्रिक सुधार सुरु हुँदासम्म सेनाले शासन गर्दै आएको थियो । यस क्रममा प्रजातान्त्रिक नेतृ सू चीले सन् १९८९ देखि २०१० सम्म करिब १५ वर्ष नजरबन्दमा जीवन बिताएकी थिइन् ।

गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ।

सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको थियो ।

प्रकाशित : 1 February, 2021

प्रतिक्रिया दिनुहोस्