बर्डफ्लुको कारण कुखुराको मासु बिक्रीदर घट्यो

सहयात्रा टिभी

काठमाडौं । माघ २०, काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको हो । राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्रीदर घटेको हो । बर्डफ्लु भेटिएको हल्लापछि मासु बिक्री कम भएको काठमाडौँको बनस्थलीमा मासु पसल गर्दै आएका राजन श्रेष्ठले बताउनु भयो ।

 

प्रकाशित : 2 February, 2021

प्रतिक्रिया दिनुहोस्