सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण

सहयात्रा टिभी

काठमाडौं । माघ २०, सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले झापामा आयोजना गरेको कार्यक्रममा ८६ सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ । विर्तामोड नगरपालिकास्थित हनुमान कम्प्लेक्स अगाडि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र दृष्टि आँखा अस्पताल विर्तामोडको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यक्रममा ३५ जनाले रगतदान र ८६ सवारी चालकको आँखा तथा कानको परीक्षण गरिएको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले चालकको आँखामा समस्या हुँदा र कान नसुन्दा पनि सडक दुर्घटना बढेको हुँदा उनीहरुलाई लक्ष्य गरेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । जिल्लामा पछिल्लो समय सडक सवारी दुर्घटना बढेका कारण प्रहरीले समुदायसँग मिलेर दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ ।

 

 

 

 

प्रकाशित : 2 February, 2021

प्रतिक्रिया दिनुहोस्