क्यूआर कोडबाट नेपाल यातायातको भाडा तिर्न सकिने
सहयात्रा टिभी
काठमाडौं । माघ २०, नेपाल यातायातमा चढ्दा क्यूआर कोड मार्फत भडा तिर्न सकिने सुबिधाको लागी नेपाल यातायात र मुक्तीनाथ बैंकबिच सम्झौता भएको छ। मंगलबार एउटा गाडीबाट क्यूआर कोडको सुरुवात गरिएको नेपाल यातायात एक्सप्रेस प्रालीका अध्यक्ष गोपाल गुरुङले बताउनु भयो।
अध्यक्ष भन्नुभयो, “आज उद्घाटन गर्यौ। पहिलो चरणमा २० देखि २२ वटा गाडीमा यो प्रविधी जडान गर्छौ र सहचालकहरुलाई पनि यसबारे राम्रोसगँ बुझाउँछौ। त्यसपछि विस्तारै अरु गाडीमा पनि लागू गर्छौ । हामी डिजिटलाइजेसनमा त जानैपर्छ। यो प्रविधिले खुद्राको समस्या हट्छ। यससँगै कोरोना महामारी जस्तो समयमा क्यासलेस कारोवार हुनु राम्रो कुरा हो ।”
हाल काठमाडौं उपत्यकामा नेपाल यातायातले १ सय ३८ वटा सार्वजनिक बस सञ्चालन गर्दै आइरहेको छ। यसले यात्रु र गाडीका स्टाफ दुबैलाई फाइदा पुग्ने गुरुङको भनाइ रहेको छ ।