आजको राशिफल
राशिफल
काठमाडौं । माघ २६,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा धेरै मेहनत गर्नुपर्ने देखिन्छ । कुराभन्दा कामलाई ध्यान दिनुहोला । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि देखिएको छ । सन्तानको सफलताले मनमा हर्ष छाउनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आशा गरेका मानिसहरु टाढा भइदिनाले मन दुख्नेछ । खर्च बढ्ने छ । चुनौतिका बाबजुत पनि काममा सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा दुख पाइनेछ। आलोचकहरूले छिद्र खोतल्ने हुँदा गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। पारिवारिक जमघटमा सामेल भइनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिवश अर्थ अभाव देखा पर्नाले चिताएको काममा बाधा पुग्नेछ। टाढिएका साथीहरुसँगको भेटघाटले समय केहि अनुकुल बन्नेछ । परिवारबाट साथ र सहयोग मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रशस्त धन संकलन गर्न सकिनेछ । आम्दानि बढ्नुको साथै दिगो फाइदा हुने काममा हात हाल्न सकिनेछ । सोचेको काम बन्नुको साथै प्रिय व्यक्तिसँगको भेटले मनमा हर्ष जगाउनेछ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
समय अनुकुल रहनेछ । प्रेमको सम्बन्ध कसिलो हुनेछ । पारिवारिक जमघट हुने योग छ । मिष्ठान्न भोजनको योग छ । स्वास्थ्यमा समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
झन्झटिलो काम आइलाग्न सक्छ । काममा केहि बाधा देखिएपनि सोचेको काम पुरा हुनेछ । अध्ययनमा खास्सै मन नजाला । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि प्राप्त हुने योग छ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
स्वास्थ्य कमजोर हुनेछ । मेहनेतले काममा सफलता मिल्नुको साथै शुभचिन्तकहरुको साथ र सहयोग समेत मिल्नेछ । प्रतिष्ठित कामबाट नाम र दाम दुवै कमाउन सकिनेछ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
काममा बाधा देखिनेछ । आम्दानिको स्रोत घट्नेछ । स्वास्थ्यमा केहि समस्या देखिनेछ । साँझपख समय अनुकुल बन्दै जानेछ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धीहरूले भने विभिन्न अवरोध सिर्जना गर्नेछन्। तापनि आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। यात्राको अवसर आएपनि स्वास्थ्य समस्याको कारण गुमाउनु पर्ला । खानामा केहि ध्यान दिनुपर्ने देखिन्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
स्वास्थ्य कमजोर रहनाले अध्ययनमा धेरै समय दिन नसकिएला। सोचेको काम पुरा हुनेछ । वेदेश जानेहरुको लागी आज उपयुक्त दिन रहेको छ । दाजुभाईको सम्बन्ध कसिलो हुनेछ ।