ट्याटु लभर सेलिब्रेटी
काठमाडोैं । माघ २३, बलिउड अभिनेत्री दीपिका पादुकोण जहिल्यै आफ्नो ट्याटुलाई लिएर चर्चामा आउछिन् । अभिनेत्रीले रणवीर कपूरसँग प्रेम सम्बन्धमा रहँदा आरके ट्याटु बनाइन् । तर केही वर्षमै दुवै अलग्गिएपछि उनले ट्याटुलाई हटाउनुको साटो ‘रीटच’ गरिन् । दीपिकाको एंकलमा डीपी लेखिएको ट्याटु छ ।
हालैमात्र बलिउड अभिनेत्री प्रियंका चोपडा ‘ऐले’ नामक पत्रिकाको लागि फोटोसुट गराएकी थिइन् । जुन तस्बिर हेर्दा उनको शरीरमा ट्याटु देखिन्छ । सो ट्याटु उनले आफ्नो इन्गेजमेन्ट एनिभर्सरीमा निकसँग बनाएकी थिइन् । उनीहरु दुवैको शरीरमा एकै किसिमको ट्याटु छ । प्रियंकाको ट्याटु कानको पछाडि छ, जसमा एकातर्फ बक्स र अर्कोतिर चेकको चित्र छ । निकको ट्याटु उनको छातीमा छ ।
त्यसतै गरी बलिउडका खेलाडी कुमार अक्षय कुमारले हालैमात्र आफ्नो काँधमा ट्याटु बनाए । उनको ट्याटुमा श्रीमति ट्विंकलको निकनेम ‘टीना’ लेखेका छ । यसअघि अक्षयले काँध र गर्धनमा आफ्नो सन्तानको नामको ट्याटु खोपेका छन् । जुन ट्याटु उनी सर्टलेसन हुँदा देख्न सकिन्छ ।
दिवंगत अभिनेता सुशान्त सिंह राजपूतले आफ्नो ढाडमा आमाका लागि ट्याटु खोपेका छन् । अभिनेता सैफ अली खानले अभिनेत्री करीना कपूरसँग फिल्म ‘टसन’को समयमा एकअर्कासँग डेट गर्न सुरू गरेका थिए । यद्यपि त्यो समयमा उनीहरुको सम्बन्ध के हो भन्ने केही टुंगो लागिसकेको थिएन । तर सैफले आफ्नो ट्याटुको माध्यमबाट आफू करीनासँग सम्बन्धमा रहेको जानकारी गराए । उनले ठूला अक्षरमा कैरीना ट्याटु खोपेका थिए ।
अभिनेता रणवीर कपूरले आफ्नो पाखुरामा ‘आवारा’ ट्याटु खोपेका छन् । यो ट्याटु उनको हजुरबुवा राज कपूरको सबैभन्दा लोकप्रिय फिल्म ‘आवारा’ नामबाट बनाइएको बताइन्छ ।
त्यसतै, अभिनेता अजय देवगनले छातीमा शिवजीको अनुहारको ट्याटु बनाएका छन् । वर्षौ अघि अजयले छोरी नायसाको नामको ट्याटु छातीमा खोपेका थिए । उनले छोरा युगको नाममा पनि ट्याटु बनाएका छन् ।