ल्होछारको अवसरमा शैलुङ गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा
सहयात्रा टिभी
काठमाडौं । माघ २५, दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा यही माघ २९ गतेदेखि फागुन १ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने घोषण गरेको प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद साहले जानकारी दिएका छन्। समुदायले यही माघ ३० गते विशेष पर्वको रुपमा २८५७ आँ लाङ म्हे (गाई वर्ग) ल्हो सोनामा ल्होछार मनाउँदै छन्।
काभ्रेको चौंरीदेउराली गाउँपालिकाले पनि तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७औँ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।