सञ्चारकर्मीलाई सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउने

सहयात्रा टिभी

काठमाडौं । माघ २५, सरकारले सञ्चारकर्मीलाई सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई भोलिबाट काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरिएको बताईएको छ ।

यसैबीच आइतबार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यंक्रममा बोल्दै मन्त्री गुरुङले नेपाल पत्रकार महासंघमा आवद्ध १३ हजार भन्दाबढी पत्रकारहरुलाई खोप लगाउने व्यवस्था गर्न लागिएको बताए ।

 

 

प्रकाशित : 7 February, 2021

प्रतिक्रिया दिनुहोस्