चितुवाको टाउकोसहित तीन जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ २५, काठमाडौंबाट प्रहरीले शुक्रबार तीन जनालाई चितुवाको टाउकोसहित पक्राउ गरेको छ। संरक्षित वन्यजन्तु चितुवाको दाह्रासहितको टाउकोको कारोबार हुन लागेको भन्ने खबर पाएपछि महानगरीय अपराध महाशाखाका विशेष टोली खटिएको थियो।

पक्राउ हुनेमा लमजुङ दुधपोखरी गाउँपालिका–६ का २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोशी गाउँपालिका–१२ का २० वर्षीय सुजन थिङ र १८ वर्षीय मिङमार मोक्तानलाई पक्राउ गरेको हो । उनीहरूमाथि प्रहरीले अनुसन्धान गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत डिभिजन वन कार्यालय, हात्तीसार पठाईएको छ ।

 

 

प्रकाशित : 7 February, 2021

प्रतिक्रिया दिनुहोस्