लघुवित्तमा किन झुम्मिए लगानीकर्ता ?

सहयात्रा टिभी

काठमाडौं । माघ २६, साताको दोस्रो दिन सोमबार कारोबार खुलेको ५ मिनेटमा नै सेयर बजार ३६ अंकले बढेको छ । प्रिओपन सेसनमा करिब ३० अंक भन्दा धेरैले बढेको नेप्से परिसूचक कारोबार खुलेको ५ मिनेटमा नै उचालिएको जानकारीमा आएको छ । लगानीकर्ताहरु धेरै लघुवित्त कम्पनीहरुको सेयर किन्न बसेका छन् । पछिल्लो समय लघुवित्तहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताहरु यता आकर्षित भएका हुन् ।आइतबार सेयर बजारमा नयाँ रेकर्ड नै कामय भएको थियो भने सोमबार पनि यहिँ अनुपातमा बढ्ने हो भने नयाँ किर्तिमान कायम हुने देखिन्छ ।

प्रकाशित : 8 February, 2021

प्रतिक्रिया दिनुहोस्