चोरीको प्र्यांक भिडियो बनाउने युवकलाई गोली प्रहार

सहयात्रा टिभी

काठमाडौं । माघ २६, अमेरिकाको नैशवाइलमा टिमोथी विल्क्स नामका २० वर्षीय युवा चोरीको प्र्यांक भिडियो बनाइरहेका थिए। उनीसँगै एउटा साथी पनि थिए। चोरीको प्र्यांक गरिरहेका टिमोथीलाई गोली हान्दा उनको मृत्यु भएको छ। प्रहरीका अनुसार उनीहरु चोरको भेषमा चक्कु लिएर मानिसहरुलाई भम्क्याउँदै भिडियो सुट गरिरहेका थिए। उनीहरुसँग डराएर डेविड नामका व्यक्तिले उनीहरुलाई गोली हानेको बताईएको छ ।

युट्युबमा भाइरल बन्नका लागि हिजोआज त्यस्तै भिडिया बनाउनमा युवाहरु व्यस्त छन् । २३ वर्षीय डेविडले यो कुनै प्रकारले पनि प्र्यांक नलागेको स्पष्ट पारेका छन्। उनले आत्मसुरक्षाका लागि गोली हानेको बताएका छन्। यस विषयमा प्रहरीले अनुसन्धान चलिरहेको छ।

प्रकाशित : 8 February, 2021

प्रतिक्रिया दिनुहोस्