७० घडियाल गोही राप्ती नदीमा छाडियो
सहयात्रा टिभी
काठमाडौं । माघ २६, चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन्। चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो।
निकुञ्जको प्रजनन केन्द्रमा हाल ५८२ वटा गोही रहेका छन्। सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो। पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन्। यस आर्थिक वर्षमा १०० गोही नदीमा छोड्ने योजना रहेको छ। अधिकारीका अनुसार अब छोड्ने गोहीलाई लोथर नजिकै राप्ती नदीमा छोडिने छ।