कस्ता कुराले घरमा ल्याउँछ वास्तु दोष ?
काठमाडौं । माघ २६, धेरै मानिसहरु आजकाल वास्तुशास्त्रमा विश्वास गर्न थालेका पनि छन् । वास्तुशास्त्रले घरमा कस्ता सामान राख्ने, कस्ता नराख्ने, के ले वास्तु दोष निम्त्याउँछ र यसले कस्ता समस्या निम्त्याउँछ भन्ने जानकारी दिन्छ ।
यदि तपाँईको घरका भित्ताहरु चर्किएका छन् भने यसले घरका सदस्यमा रोग निम्त्याउँछ । चर्किनुका साथै यदि प्लास्टर वा रङ खराब भएका छन् भने पनि यस्तै हुन्छ । यदि तपाईंले भान्सा कोठामा पूजा घर बनाउनुभएको छ भने यो राम्रो मानिँदैन । यसो गर्दा घरका सदस्यबीच प्रेम कम हुन्छ । साथै धनको कमी पनि हुन थाल्छ । घरमा वा छतमा यदि काम नलाग्ने सामान जम्मा भएका छन् भने यसलाई घरबाट निकालिदिनुहोस् । यदि घरमा फुटेको सिसा छ भने त्यसलाई तत्काल घरबाट निकाल्नुहोस् । यसले घरमा नकारात्मक ऊर्जा पैदा गर्छ । यदि घरमा माकुराको जालो बनेको छ भने यो यसले घरमा समस्या निम्त्याउँछ ।