छिट्टै ‘बिग मर्जर’ को खबर सुनाउँछौँ सीइओ: ज्योतिप्रकाश पाण्डे

सहयात्रा टिभी

काठमाडौं । माघ २७, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले छिट्टै मर्जरको खबर सुनाउने बताएका छन् । हिमालयन बैंकसँग मर्जरको कुराकानी भइरहेका बेला सीइओ पाण्डेले यस्तो जानकारी दिएका हुन् । सीइओ पाण्डेले छिटोभन्दा छिटो बैंकको कोर क्यापिटल ५० अर्ब रुपैयाँभन्दा बढी बनाउने सञ्चालक समितिको रणनीतिअनुसार मर्जर तथा एक्वायरमा आक्रमकरुपमा अघि बढिरहेको योजना बताउनु भयो । हाल बैंकको कोर क्यापिटल २६ अर्ब रुपैयाँ रहेको छ । हिमालयनसँग मर्ज भयो भने कोर क्यापिटल ४७ अर्ब रुपैयाँको हाराहारीमा पुग्छ ।

इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले जतिक्दो चाँडो ५० अर्ब रुपैयाँभन्दा बढी बनाउने रणनीति बनाएको र अहिले सोही रणनीति अनुसार मर्जरमा आक्रमकरुपमा अघि बढेको पाण्डेले सुुनाए । मर्जरको उदेश्यले हिमालयन र इन्भेष्टमेन्ट बैंकले ड्यु डेलिजेन्स अडिट (डीडीए) भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : 9 February, 2021

प्रतिक्रिया दिनुहोस्