दक्षिण कोरियामा रहेका नेपालीको उपचारमा विशेष छुट: एनआरएनए कोरिया

काठमाडौं । माघ २७, गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र बुसान सेन्ट्रल हस्पिटलबीच दक्षिण कोरियामा रहेका नेपालीको उपचारमा विशेष छुट गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरीएको छ।
एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीका अनुसार अब त्याहाँ रहेका नेपालीले सो अस्पतालमा उपचार गराउँदा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् । हाड जोर्नी र औला काटेको, छिनेको जस्ता चोट पटकको उपचारका लागि यो स्पेसल हास्पिटल हो भन्ने कुरा सुवेदीले बताउनु भयो । थप जानकारीको लागि एनआरएनए कोरियाको कार्यलय वा ख़्यङ सांङ्ग क्षेत्रिय समितिमा सम्पर्क गर्न अध्यक्ष सुवेदीले अनुरोध गरेका छन्।