आफ्नै पिता राज कपूरसँग यस्तो दुस्मनी
काठमाडौं । माघ २७, बलिउड अभिनेता राजीव कपुरको मंगलबार ५८ वर्षको हृदयघातका कारण निधन भएपछि उनको पिता राज कपूरसँगको सम्बन्धबारे नयाँ कुरा सार्वजनिक भएको छ । फिल्म ‘राम तेरी गंगा मैली’का अभिनेता राजीवको यही फिल्मका कारण पिता राज कपुरसँग सम्बन्ध बिग्रिएको खुलासा गरेका छन् ।
सन् १९८३ मा रिलिज फिल्म ‘एक जान है हम’बाट बलिउडमा राजीवले डेब्यू गरेका थिए । फिल्म रिलिज भए पनि उनको अभिनय करियरको रफ्तार अगाडि बढ्न सकेको थिएन । त्यहीकारण पिता राज कपूरले त्यसको दुई वर्षपछि फिल्म ‘राम तेरी गंगा मैली’बाट राजीवलाई पुनः प्रमुख अभिनेताका रुपमा अभिनय गराए । फिल्म सुपरहिट भएपछि यसको श्रेय राजीवको सट्टा फिल्मकी अभिनेत्री मन्दाकिनीले पाइन् । फिल्म चर्चित भएपछि राजीव पिता राज कपुरसँग असन्तुष्ट बने । त्यहीकारण बाबुछोराबीचको सम्बन्धमा खटपट शुरु भएको पाईएको छ । फिल्म रिलिज पछि राज कपूर र मन्दाकिनीले मात्र चर्चा पाए । यही फिल्मका कारण मन्दाकिनी रातारात स्टार भइन्, तर राजीवले करियरलाई अगाडि बढाउन सकेनन् ।