सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका ल्याउने तयारीमा सरकार

सहयात्रा टिभी

काठमाडौं । माघ २७, सामाजिक सञ्जालमा देखिएको छाडा एवं उत्तेजक प्रवृत्तिलाई नियमन गर्न भन्दै सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका ल्याउने तयारी गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताउनुभयो ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भन्नुभयो, ‘स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ता नभएका फेसबुक, युट्युब, अनलाइनमा आएको विकृती रोक्न सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०७७ जारी गर्ने तयारी गरिरहेको जानकारी गराउँछौं जसले समाजलाई अराजकता, विकृति विसङ्गगती र अराजक सञ्चारकर्मीलाई सचेत गराउँदै नियमन गर्छ ।’

प्रकाशित : 9 February, 2021

प्रतिक्रिया दिनुहोस्