आगामी तीन दिनको मौसम जानकारी
काठमाडौं । माघ २८, हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भुभागमा आँशिक देखि समान्य बदली रहि वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको भएको छ । बुधबार देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको बताईएको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना र तराईका केहि भू–भागमा विहानपख हुस्सु र कुहिरो लाग्न सक्ने हुदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । शुक्रबार देशभर आँशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।