लेखक राउलिङको कमाइ बेलायती महारानी एलिजाबेथको भन्दा बढी
काठमाडौं । माघ २८, लेखक राउलिङको कमाइ बेलायती महारानी एलिजाबेथको भन्दा बढी रहेको छ। महारानी एलिजाबेथको कमाइ ५ करोड ३० लाख अमेरिकी डलर छ। त्यसो भए लेखक रोलिङको कमाइ कति छ त ?
संसारको सबैभन्दा चर्चित किताबमध्ये पर्ने ‘ह्यारी पोटर’ अहिलेसम्म पाँच सय मिलियन पटक ब्रिकी भएको छ। ह्यारी पोटरका फिल्म सिरिज र यसकै नामबाट बनेका तीन अम्यूजमेन्ट पार्कले पनि सार्वधिक सफलता कमाइरहेको छ। सन् २०१९ मा राउलिङका किताब बिक्री ७७ करोड अमेरिकी डलर भएको र ह्यारी पोटर फिल्मले ७७ करोड अमेरिकी डलरभन्दा बढि कमाएको बिजनेस इन्साइडरको रिपोर्टले बताएको छ।
गत वर्ष फोर्बसले निकालेको सार्वाधिक कमाइ गर्ने व्यक्तिको सूचीमा राउलिङलको कमाइ ६० लाख अमेरिकी डलर रहेको थियो। सन् २०१७ मा भने उनको कमाइ ९५ लाख अमेरिकी डलर रहयो। यसैगरी, सन् २०२० मा ुसन्डे टाइम्सुले निकालेको धनी व्यक्तिको सूची अनुसार राउलिङको कमाइ सात करोड ९५ लाख यूरो थियो भने सन् २०१२ मा उनले करिब एक करोड ६० लाख अमेरिकी डलर चन्दा समेत दिएको थिइन्।
सन् २००५ मा एक अन्तर्वार्ताको क्रममा उनले भनेकी थिइन्, ‘अहिले मसँग धेरै पैसा छ। मैले सोचेको भन्दा पनि धेरै तर म अरबपति भने होइन।’