महिला लिग फुटबलम आज दुई खेल हुने

सहयात्रा टिभी

काठमाडौं । माघ २९, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । खेलमा पहिलो वालिङ नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्ने छन् भने आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लव र विराटनगर महानगरपालिका आमनेसामने हुँदैछन् ।

वालिङ ७ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चौदण्डी भने अंक विहीन रहदै पुछारमा रहेको छ । वालिङ र चौदण्डीबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । दुबै टिम जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् । आर्मी र विराटनगरबीचको खेल अपराह्न ३ बजे हुने भएको छ । आर्मी विराटनगरलाई हराउँदै उपाधि होड कायमै राख्न चाहन्छ । आर्मी १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने विराटनगर १० अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित : 11 February, 2021

प्रतिक्रिया दिनुहोस्