आजको विदेशी मुद्राको विनिमय दर

सहयात्रा टिभी

काठमाडौं । माघ ३०, विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण नेपाल राष्ट्र बैंकले गर्दछ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६.२७ रुपैयाँ र बिक्री दर ११६.८७ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिददर १४१.०१ रुपैयाँ र बिक्री दर १४१.७४ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६०.७४ रुपैयाँ र बिक्री दर १६१.५७ रुपैयाँ रहेको छ । स्वीस फ्रांक एकको खरिददर १३०.६० रुपैयाँ र बिक्री दर १३१.२७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८९.९९ रुपैयाँ र बिक्री दर ९०।४६ रुपैयाँ रहेको छ । कतारी रियाल एकको खरिददर ३१.९३ रुपैयाँ र बिक्री दर ३२.१० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८.७६ रुपैयाँ र बिक्री दर २८.९१ रुपैयाँ रहेको छ ।

प्रकाशित : 12 February, 2021

प्रतिक्रिया दिनुहोस्