फागुनमा कुन बैंकमा पैसा राख्दा ब्याज बढी आउँने त

सहयात्रा टिभी

काठमाडौं । माघ ३०, फागुन महिनाको लागी लागु हुने ब्याजदर बैंक तथा वित्तीय संस्थाहरूले धमाधम सार्वजनिक गर्न थालेका छन् । बैंकहरूले वचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म निक्षेपमा ब्याज दिने भएका छन् । मुद्दती निक्षेपमा भने अधिकतमा ८ प्रतिशतसम्म ब्याज दिने भएका छन् । त्यस्तै बैंकहरूले बेस रेटमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने गरी ब्याजदर प्रकाशित गरेका छन् ।

एनसीसी बैंकले ओभरड्राफ, क्यास क्रेडिट, ट्रम लोन तथा सर्ट ट्रम डिमाण्ड लोनमा ५ प्रतिशत प्रिमियममा बेसरेट जोडेर कर्जा प्रवाह गर्ने भएको छ । बैंकले फिक्स ब्याजदरमा एनसीसी होम लोनमा वर्षका हिसावले ९.३५ देखि १० प्रतिशतसम्म कर्जाको ब्याजदर तोकेको छ । कमर्शियल हायर पर्चेजमा ९.९९, व्यक्तिगत गाडी कर्जामा ९.२५ देखि विभिन्न कर्जामा साढे ९ देखि १० प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नेपाल बंगलादेश बैंकले बचत र मुद्दतीको ब्याजलाई निरन्तरता दिएको छ । बैंकले बचतको २.७५ देखि ४ प्रतिशत र मुद्दतीको न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ७.७५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले बेसरेटमा ४ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्ने भएको छ । बैंकले फिक्स लोखमा कर्जा अवधिअनुसार लोनको ब्याजदर तोकेको छ । बैंकमा पिक्स लोन लिन चाहने ऋणीहरूले ९.९९प्रतिशतदेखि १२.९९ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्ने हुन्छ ।

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले बचतमा ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने भएको । बैंकले सार्वजनिक गरेको ब्याजदर तालिका अनुसार ६ प्रकारका बचत खातामा ३ प्रतिशत र ५ प्रकारका बचत खातामा ५ प्रतिशत ब्याज दिन लागेको हो । त्यसरी नै बैंकले मुद्दती निक्षेपमा ६ प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदिने भएको हो । बैंकले ६ महिने मुद्दती बचतमा ६ प्रतिशत, १ वर्षे मुद्दती खातामा साढे ६ प्रतिशत र १ वर्षभन्दा बढीको मुद्दती बचतमा ७ प्रतिशतसम्म ब्याज दिन लागेको हो ।

एभरेष्ट बैंकले २ प्रतिशतदेखि ४ प्रतिशतसम्म बचतको ब्याजदर तोकेको छ भने व्यक्तिगत मुद्दती निक्षेपमा समयावधिको आधारमा ४.७५ प्रतिशतदेखि ६.७५प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी संस्थागत मुद्दती निक्षेपमा बैंकले ५ देखि ७ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर तालिका अनुसार फिक्स ब्याजदरमा १०.५२ प्रतिशतदेखि ऋण चुक्ता गर्ने अवधिको हिसावमा १२.५२ प्रतिशतसम्म ब्याददर कायम गरिएको छ । बैंकले १० वर्षभन्दा माथिको कर्जाको लागि १३.०२ प्रतिशतसम्म ब्याज लिने तयारी गरेको छ ।

सनराइज बैंकले बचतको ब्याज २ देखि ३.५ प्रतिशतलाई निरन्तरता दिँदै सर्वसाधारणलाई दिने मुद्दतीको अधिकतम ब्याज दर सात प्रतिशतलाई यथावत राखेको छ । प्रभु बैंकले बचतमा २ देखि ४ प्रतिशतसम्म ब्याज दिने भएको छ भने मुद्दती निक्षेपमा साढे ४ प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याज दिने तयारी गरेको हो । बैंकले बेसरेटमा ४ प्रतिशतसम्म प्रिमियम तिरेर कर्जा प्रवाह गर्ने तयारी गरेको छ । नेपाल एर्स बैंकले बचतको न्यूनतम ब्याज डेढ प्रतिशतलाई बढाएर २ प्रतिशत पु¥याएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले बचतमा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । बैंकले मुद्दती निक्षेपमा साढे ४ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । सर्वसाधारणलाई दिने अधिकतम मुद्दती ब्याज दर ६ प्रतिशतलाई यथावत राखेको हो । कर्जाको ब्याजमा भने बैंकले बेसरेटमा साढे २ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिने भएको छ ।

सिद्धार्थ बैंकले बचतको ब्याज २ देखि ४ प्रतिशत कामय गर्दै मुद्दतीको अधिकतम ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सिभिल बैंकले तीन प्रतिशत बचतको ब्याजलई २.५१ प्रतिशतमा झारेको छ । मुद्दती निक्षेपको ब्याज ८ प्रतिशतबाट घटाएर बढीमा ७.५१ प्रतिशत निर्धारण गरेको छ । सेञ्चुरी कमर्सियल बैंकले बचतको ब्याज बढाएको छ । बैंकले बचतमा साढे दुई प्रतिशतसम्मको ब्याजलाई बढाएर २.७५ प्रतिशत साढे चारको ब्याजलाई्र बढाएर ४.७५ प्रतिशत पु¥याएको हो । यस बैंकले मुद्दती निक्षेपमा भने साढे सात प्रतिशत ब्याजलाई निरन्तरता दिने भएको छ ।

त्यसैगरी, बैंक अफ काठमाण्डूले बचतको २ देखि ३.५ प्रतिशत ब्याज दिने भएको छ भने मुद्दतीको अधिकतम सात प्रतिशत कायम राखेको छ । एनएमबि बैंकले बचतमा न्यूनतम ३.१ र अधिकतम ५.१ प्रतिशत ब्याजलाई निरन्तरता दिएको छ । मुद्दतीतर्फ बैंकले पुरानै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले मुद्दती निक्षेपमा ८ प्रतिशतसम्म ब्याज दिने भएको छ । लक्ष्मी बैंकले पनि बचतमा २ देखि ४ प्रतिशत ब्याजलाई निरन्तरता दिँदै मुद्दतीतर्फ सात प्रतिशतमा कायम गरेको छ ।

 

 

 

प्रकाशित : 12 February, 2021

प्रतिक्रिया दिनुहोस्