जर्मनीका विदेशमन्त्री हेइको मासद्धारा अफगानिस्तानमा आफ्नो सैन्य उपस्थिति बढाउने
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०२, जर्मनीका विदेशमन्त्री हेइको मासले जर्मनीले अफगानिस्तानमा आफ्नो सैन्य उपस्थिति बढाउन चाहेको बताउनुभएको छ । जर्मनीले अफगानिस्तानमा अमेरिकापछि धेरै सैनिक पठाएको छ । अफगानिस्तानमा सेना पठाउनका लागि प्राप्त भएको वार्षिक जनादेश सकिनुभन्दा पहिले अफगानिस्तानको सरकार र तालीबानबीच शान्तिवार्ता हुने सम्भावना नरहेको जर्मनीले जनाएको छ ।
यसअघि संयुक्त राज्य र तालीबानीबीचको सम्झौतामा सबै विदेशी सेनालाई मे २०२० सम्म फिर्ता गर्ने सहमति भएको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता लान तालीबानी समूहसँग सहमत देखिए पनि नयाँ अमेरिकी राष्ट्रपतिले गएको वर्ष तालीबानसँगको वाशिङ्टनमा गरिएको सम्झौताको समीक्षाको आदेश दिनुभएको छ । यसबाट सेना फिर्ता प्रक्रिया लम्बिने अनुमान सुरु भएको छ ।