प्रभावित बनेका विद्यालय तहको सबै परीक्षा जेठ महीनाभित्र सक्ने तयारी
काठमाडौं । फाल्गुन ०२, कोभिड–१९ का कारण प्रभावित बनेको चालु शैक्षिक सत्रको विद्यालय तहको सबै परीक्षा जेठ महीनाभित्र सक्ने गरी तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ ।सरकारले यस चालु शैक्षिक सत्रलाई जेठमा सक्ने तयारी गरेसँगै यस वर्षको शैक्षिक सत्र दुई महीना लम्बिएको हो ।
जेठमा शैक्षिक सत्रको अन्त्य गर्दा विद्यार्थीले चार महीनामा विद्यार्थीले कति पढेर कति सिक्छन् भन्ने कुरालाई पनि ध्यानमा राखेर अन्तिम परीक्षाको टुङ्गो लगाउनुपर्ने नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले बताए । शिक्षा पत्रकार समूहले आइतबार गरेको भर्चुअल मिटिङमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विद्यालय तहका सबै परीक्षा जेठ महीनाभित्र सकेर असारबाट नयाँ शैक्षिक सत्र सुरू गर्ने बताए । उनले भने, ‘यसका लागि शिक्षा नियमावलीले गरेको व्यवस्थालाई संशोधन गरिएको छ । संशोधित नियमावलीलाई अबको केही दिनभित्र बजेटमा सार्वजनिक गरिने छ ।’