मुस्लिमको मदरसा निर्माणका लागि हिन्दूले गरे जग्गादान

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०३, झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन्। मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिएको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए।

हाल स्थानीय मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ भने जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदरसाको भवन निर्माणका लागि सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरिएको अध्यक्ष खानले बताए।

 

प्रकाशित : 15 February, 2021

प्रतिक्रिया दिनुहोस्