जानिराखौँ, पिसाब संक्रमणको लक्षण तथा उपचार
काठमाडौं । फाल्गुन ०३, मुत्र प्रणालीमा विभिन्न कारणले संक्रमण हुने पाईएको छ । यस्तो समस्या तुलनात्मक रुपले महिलालाई बढी हुने गर्दछ । लापरवाही एवं लाजको कारण उनीहरु यो कुरा खुलस्त भन्दैनन् । खासगरी गुप्ताङ्गको सरसफाईमा ध्यान नदिनाले मुत्र नली संक्रमण हुन्छ ।
संक्रमणको लक्षण:
- मुत्र त्यागको समयमा जलन हुनु
- पटक–पटक पिसाव लाग्नु
- पिठ्युमा दुखाई महसुष हुनु
- पिसाव दुर्घन्धित हुनु
- कहिले कहिं मुत्र त्यागको समयमा रगत आउनु
अपनाउनु पर्ने सर्तकता:
ओसिलो राख्नु हुँदैन–योनीलाई ओसिलो बनाएर राख्नु हुँदैन । पिसाव फेरिसकेपछि योनी राम्ररी सफा गर्नुपर्छ । साथै त्यसलाई सुख्खा राख्नुपर्छ, जसले गर्दा मृत्रमार्गमा व्याक्टेरिया फैलन पाउदैन ।
धेरैबेर पिसाव नरोक्ने–कामको धपेडीले गर्दा वा अल्छी लागेर पनि कतिपयले लामो समय पिसाव रोक्ने गर्छन् । यो एकदमै नराम्रो बानी हो । यदि पिसाव आइरहेको छ र तीन(चार मिनेटसम्म रोकेर बसिन्छ भने त्यसको टक्सिन तत्व मृगौलामा फर्केर जान्छ । यसलाई रिटेन्शन अफ यूरिन भनिन्छ । धेरै पटक यो क्रिया दोहोरिएमा मृगौलामा पथरी जम्न थाल्छ ।
यौनसम्पर्क पछि मुत्र त्याग-यौन सम्पर्कपछि मुत्र त्याग गर्नु एकदमै आवश्यक हुन्छ । यसले गर्दा भित्रको व्याक्टेरिया वाहिर निस्कन्छ । संक्रमणको खतरा कम हुन्छ ।
मासिक श्रावमा सफाई–मासिक श्रावको बेला अरुबेलाभन्दा बढी योनीको सरसफाईमा ध्यान दिनुपर्छ । सेनिटरी प्याडलाई हरेक ६ घण्टामा बदल्नुपर्छ ।