कक्षा १२ को परीक्षा आवेदन फाराम सम्बन्धी सूचना
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०३, राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको १२ कक्षामा पढ्ने विद्यार्थीहरुलाई परीक्षा आवेदन फाराम भर्न अनुरोध गरेको छ । कक्षा १२ का नियमित, ग्रेड वृद्धि आंशिक परीक्षार्थीहरूको विद्यार्थीलाई बोर्डले परीक्षा आवेदन भर्न आग्रह गरेको छ ।
बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भरी सम्बन्धित विद्यालयमार्फत आगामी चैत २२ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा आवेदन पेश गर्न बोर्डले विद्यार्थी र सम्बन्धित विद्यालयहरुलाई सूचित गरेको छ । सम्बन्धन प्राप्त माध्यमिक विद्यालय तथा क्याम्पसमा कक्षा १२ मा अध्ययन गरी २०७८ सालमा संचालन गरिने वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेड वृद्धिको परीक्षा दिन चाहने विद्यार्थीले पनि सो फाराम भर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।