काठ सहज भएपछि ऐतिहासिक सम्पदा पुनर्निर्माण अघि बढ्दैँ

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०३, सहज रूपमा काठ आउन थालेपछि विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्र (हनुमानढोका क्षेत्र) का ऐतिहासिक सम्पदा पुनर्निर्माणले गति लिएको छ । दुई महिनाअघि लामो काठको अभावमा निर्माण भइरहेका ऐतिहासिक सम्पदाको काम अघि बढ्न नसकेको हो ।

ठूला र लामो काठको अभावमा हनुमानढोकाको नौतले दरबार र दश अवतार मन्दिरको काम अवरुद्ध भएको थियो । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो । निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र दश अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । यस क्षेत्रका २७ सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ वटामा भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनर्निर्माण भइरहेको अड्डाले बताईएको छ ।

प्रकाशित : 15 February, 2021

प्रतिक्रिया दिनुहोस्