पुरुषका लागि सुपरफूड, यी १० खानेकुरा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०३, पुरुषमा पोस्टेट क्यान्सरजस्ता गम्भीर रोगको खतरा रहने हुदा केही यस्ता खानेकुरा छन् जसले पुरुषको यौन जीवनका साथै स्वास्थ्य पनि सुधार्ने काम गर्छ । यस्ता खानेकुराबारे जानकारी लिऔं।

एभोकाडो– एभोकाडोमा मोनोस्याचुरेटेड फ्याट हुन्छ जसले बढेको ब्याड कोलेस्ट्रोललाई कम गर्छ । २५–३५ प्रतिशतभन्दा बढी क्यालोरी फ्याटको सेवन नगर्नुहोस् । ओलिभ ओइल र नट्समा पनि गुड फ्याट हुन्छ ।

फ्याटी फिश–साल्मन, हेरिंग, सार्डिन र हलिबेटजस्ता फ्याटी फिश हेल्दी फ्याटको निकै राम्रो स्रोत हो । महिलाको तुलनामा पुरुषमा मुटुरोगको समस्या बढी हुन्छ । त्यसैले आफ्नो खानामा फ्याटी फिश पक्कै पनि समावेश गर्नुहोस् ।

ब्राउन राइस–ब्राउन राइस फाइबरको उत्कृष्ट स्रोत हो । ब्राउन राइसले स्वस्थ तौल बढाउँछ र मुटुरोग र टाइप टु मधुमेहको खतरालाई कम गर्छ ।

चकलेट–सन्तुलित मात्रामा चकलेट खाँदा रक्त संचारमा सुधार आउँछ । जुन पुरुषमा रक्त सञ्चार सही तरिकाले हुँदैन उनीहरुमा इरेक्सनसँग सम्बन्धित समस्या बढी हुने सम्भावना रहन्छ । त्यसैले पुरुषले सन्तुलित मात्रामा चकलेटको सेवन गर्नुपर्छ ।

अण्डा–अण्डाले ल्यूटिन, प्रोटिन र आइरन प्रदान गष्र्छ तर यसका लागि तपाईंले एउटा पूरै अण्डा खानुपर्छ । अण्डाको नानीमा १८५ एमजी कोलेस्ट्रोल हुन्छ जुन स्वस्थ व्यक्तिलाई एक दिनमा चाहिन्छ ।

अदुवा–अदुवामा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ। अदुवाले मांसवेशीको चोटमा आराम प्रदान गर्छै र पीडा र सुन्निने समस्यालाई पनि कम गर्छ ।

हरियो पत्तेदार सागसब्जी–पालुङ्गो र केरा आँखाका साथै प्रोस्टेटका लागि पनि राम्रो मानिन्छ । यी दुई पोषक तत्वले मोतीबिन्दू र उमेरसँगै हुने रोगबाट जोगाउँछ ।

दुध र दही–दुध र दही ल्यूटिनको निकै राम्रो स्रोत हो । दहीमा प्रोटिन, पोटासियम र राम्रो ब्याक्टेरिया हुन्छ जसले आन्द्रालाई स्वस्थ राख्छ ।

रंगी बिरंगी सागसब्जी–रंगी बिरंगी सागसब्जी बिटा क्यारोटिन, ल्यूटिन र भिटामिन सीले भरपुर हुन्छ । शोधका अनुसार यी पोषक तत्वले बढेको प्रोस्टेटलाई कम गर्छ । यसका लागि आफ्नो खानामा गाजर, फर्सी, शख्खरखण्ड र क्याप्सिकम समावेश गर्नुहोस् ।

सोया फूड्स–विभिन्न शोधका अनुसार सोया फूड्सले पुरुषमा हुने प्रोस्टेट क्यान्सरबाट जोगाउने गर्छ । यसबाहेक यसले एस्ट्रोजन हार्मेन पनि बढाउँछ । पुरुषले आफ्नो खानामा सोयाबिन, टोफू, मीसो सूप र सोया दुध समावेश गर्नुपर्छ ।

प्रकाशित : 15 February, 2021

प्रतिक्रिया दिनुहोस्