भक्तपुरमा वासिङ मेसिनले लियो कमलाको ज्यान

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०४, भक्तपुरमा वासिङ मेसिनभित्र परी दोलखा भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडा घर भएकी ३८ वर्षीय कमला केसीको ज्यान गएको छ । उनले सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरमा काम गर्ने गर्थिन् । उनको आइतबार उक्त वासिङ सेन्टरमा वासिङ मेसिनको फित्तामा परेर ज्यान गएको प्रहरीले बताएको छ ।

उनी वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा वासिङ मेसिनभित्र घुम्ने फलामको रडमा परेकी हुन । महिला अचेत भई लडिरहेको देखेपछि उपवचारको लागि मध्यपुर अस्पताल लग्दा ज्यान गएको जनाइएको छ ।

प्रकाशित : 16 February, 2021

प्रतिक्रिया दिनुहोस्