स्वस्थ्य रहन खाना खाने बित्तिकै यस्ता कामहरू नगर्नुुस्
काठमाडौं । फाल्गुन ०४, आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले खानपान देखि लिएर अन्य विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । त्यसमध्ये खाना मानिसको आधारभुत आवश्यकता हो । स्वस्थ शरीरको साथै मानिसमा स्फूर्ति बढाउँनको लागि सन्तुलित भोजनको आवश्यकता पर्छ । तर यही खाना खाएपछि थोरै सावधानी अपनाउँन सकिएन भने स्वास्थयमा नराम्रो असर पर्न सक्छ ।
खाना खाने बित्तिकै यस्ता गल्तीहरु कहिले नगर्नुहोस्:
नुहाउँने– खाना खानेबितिक्कै नुहाउँनाले हात, खुट्टा र शरीरमा रगतको प्रवाह बढ्न जान्छ जसका कारण पेटको चारैतिर रगतको मात्रा कम हुने गर्छ, जुन खाना पचाउनका लागि आवश्यक पर्छ ।
चिया/कफी पिउँने–चिया तथा कफीमा एसिडको मात्र बढि हुने भएकोले यसले शरीरमा प्रोटिनको मात्रालाई नोक्सान पुर्याउँछ जसले गर्दा खाना पचाउँनमा समस्या हुन्छ ।
धुम्रपान गर्ने –हुनत जुनसुकै समय पनि धुम्रपान गर्नु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । त्यसमा पनि खाना खाने बितिक्कै धुम्रपान गर्नाले ग्यास्ट्राइटिसको समस्या निम्त्याउँनुका साथै पेटसम्बन्धी समस्या हुन्छ ।
खाना खाने बितिक्कै सुत्ने–खाना खाए लगत्तै सुत्दा खाएको खाना राम्रोसँग पच्न सक्दैन । जसले गर्दा मोटाउने तथा ग्यास्ट्रिकको समस्या हुन्छ ।
फलफूल खाने–खाना खाने साथ फलफूलको सेवन गर्नाले खानालाई दुषित गर्छ जसले शरीरमा उर्जा कम गर्छ । त्यसैले फलफूल खाना खानु अघि वा खाना खाएको ३० मिनेट पछि मात्र खाने ।
हिड्ने–खाना खान साथ हिड्डुल गर्नाले शरीरको रगत प्रवाहमा असर पार्छ । त्यसैले खान खाएको आधा घण्टा पछि मात्र हिड्डुल गर्ने ।
चिसो पानी पिउने–खाना खान साथ चिसो पानी पिउनाले खानालाई डाइजेस्ट हुन दिंदैन त्यसैले खाना खाएपछि चिसो पानीको सट्टामा मनतातो पानी पिउने