गाउँपालिका अध्यक्षद्वारा फर्जी उपभोक्ता बनाएर रकम हिनामिना

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०५, जिल्लाको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले फर्जी उपभोक्ता बनाएर रकम हिनामिना गरेको तथ्य बाहिरएको छ । गाउँसभाबाट २०७७ असार २८ मा स्वीकृत गरेको गाउँपालिकास्तरीय योजनाको १९९ क्रमसङ्ख्या शीर्षकको रकम हिनामिना गरेको तथ्य बाहिरिएको हो ।

उपभोक्ताहरुले सिमेन्ट र पाइप माग गर्न जाँदा रकम नभएको थाहा हुन आएपछि उपभोक्ताले खर्च भएको शीर्षक देखाउन आग्रह गरेका थिए तर पालिकामा बासोबास नै नगर्ने व्यक्ति, नाम, थर र ठेगानासमेत परिवर्तन गरी माग फारम भरेर रकम निकासा गरेको पाइएको पाईएको छ । पालिकामा बस्दै नबस्ने व्यक्तिका नाममा समेत सिमेन्ट, पाइप बुझेको भर्पाइ बनाएर अध्यक्ष नै रकम हिनामिनामा संलग्न भएको स्थानीयवासी यतिराज तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका अध्यक्षले यतिराज पहाडी, तीनपाटन–१० सालुकेको नाममा माग फारम भराएर सिमेन्ट तथा पाइप बुझेको पनि भर्पाइ बनाउनुभएछ ।” यद्यपि यतिराज पहाडी नाम गरेको व्यक्ति यहाँ नरहेको तथा वडा नं १० मा सालुके भन्ने ठाउँसमेत नपर्ने उहाँको भनाइ छ ।

प्रकाशित : 17 February, 2021

प्रतिक्रिया दिनुहोस्