पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०५, नेपाल आयल निगमले पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धन) को मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले मंगलबार राति १२ बजेदेखि वृद्धि गरेको छ । मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

निगमले मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको बताएको छ । अर्धमासिक रुपमा करिब ८६ करोड ७८ लाख रुपैयाँ घाटा नै रहने छ ।

प्रकाशित : 17 February, 2021

प्रतिक्रिया दिनुहोस्