वन्यजन्तुका अङ्ग भण्डारमा दुर्गन्ध: चितवन राष्ट्रिय निकुञ्ज
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०५, प्रत्येक ५/५ वर्षमा त्यसरी बरामद भएका वन्यजन्तुका अङ्ग नष्ट गर्ने कार्यविधि बनाइएको भए पनि समयअगावै तिनको चाप बढेकोले भण्डारमा दुर्गन्ध फैलिएको हो। निकुञ्जका वार्डेन अणनाथ बरालका अनुसार तीनवटा कोठामा राखिएका कैयौँ आखेटोपहार सग्लो अवस्थामा नरहेको बताएका छन्।
सो समस्या समाधानका लागि जफत भएकै स्थानमा सुरक्षा र सरोकारवाला निकायको रोहवरमा जलाउनुपर्ने केहीको सुझाव रहेको छ। विसं २०७४ सालमा ४८ प्रजातिका वन्यजीवका ४,००० भन्दा बढी आखेटोपहार जलाइएको थियो।