महिला लघुवित्तको आईपीओ आज अन्तिम दिन, के तपाँईले भर्नुभयो ?

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०५, गएको माघ ३० गतेबाट साधारण सेयर ९आईपीओ० बिक्री खुला गरेको महिला लघुवित्तमा आज आवेदन दिने अन्तिम दिन हो ।

कम्पनीले माघ ३० गतेदेखि जारी पुँजी १० करोडको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोष र ५ हजार कित्ता कर्मचारीको लागि छुट्ट्याएर बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

प्रकाशित : 17 February, 2021

प्रतिक्रिया दिनुहोस्